महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) ले गत आर्थिक वर्षमा आर्जित नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैंकले हालको चुक्ता पूँजीको ५ प्रतिशत बराबर बोनस सेयर र त्यससँग सम्बन्धित कर प्रयोजनका लागि ५.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि उक्त लाभांश वितरण प्रक्रिया सुरु गरिने बैंकले जनाएको छ।