ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) ले गत आर्थिक वर्षमा कमाइ भएको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।
बैंकले वर्तमान चुक्ता पूँजीमा आधारित रहेर ८.०३९६ प्रतिशत बोनस शेयर र सो बोनसमा लाग्ने कर तिर्नका लागि ०.४२३१४ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो।
मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले सोही दरमा लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लागू हुने बैंकले जनाएको छ।
१२ मङ्सिर २०८२, बिहिबार १०:४५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार