एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्न लागिएको लाभांश प्रस्ताव सार्वजनिक गरेको छ।

बैंकले जारी चुक्ता पूँजीको कुल १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश समावेश छन्।

मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दर प्रस्ताव गर्दै आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको बैंकले जनाएको छ। यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आउँदो वार्षिक साधारण सभाको अनुमोदनपछि कार्यान्वयनमा आउनेछ।