नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको मंसिर ८ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभामा प्रस्तुत गरिनेछ। सभाले पारित गरेपछि मात्र सेयरधनीहरूलाई सोही दरमा लाभांश वितरण गरिने बैंकले जनाएको छ।
१० मङ्सिर २०८२, मङ्गलबार ११:२१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार