काठमाडौं ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४६ लाख ११ हजार ५९३ कित्ता अवितरित हकप्रद शेयर लिलाममार्फत बिक्री गर्ने भएको छ ।
कम्पनीले १ः१ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो ।
यसको मूल्य प्रतिकित्ता न्यूनतम मूल्य एक सय रुपियाँ हुनेछ । यसमा खरिदकर्ताले चैत्र १२ गतेदखि २० गतेभित्र आवेदन दिसक्नुपर्नेछ ।
शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
२ चैत २०८०, शुक्रबार ०९:४५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार