सान्भि इनर्जीको आइपीओ सोमबार (जेठ २६ गते) बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय, ठमेल, काठमाडौँमा सो आईपीओ बाँडफाँट भएको हो।
यसमा गोलाप्रथामार्फत २ लाख ४१ हजार ५३० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो ।
आइपीओको नतिजा सान्भिको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ । यस्तै, मेरोसेयर एपमार्फत पनि आइपीओ नतिजा हेर्न सकिनेछ ।
२७ जेठ २०८२, सोमबार ०३:४९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार