युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड (UMRH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४% दरले बोनसशेयर र सोको कर प्रयोजनार्थ ०.२११% नगद लाभांश वितरण गर्ने तथा बोनस शेयर जारी भएपश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २३ गते बुक क्लोज गर्दैछ । त्यसैले फागुन २२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
१५ फाल्गुण २०८१, बिहिबार १२:१० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार