फागुन महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन् । अधिकांश वाणिज्य बैंकहरुले फागुन महिनाको लागि माघ महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन् । 



माघ महिनामा औषतमा ६.००१ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, फागुन महिनामा पनि ६.००१ प्रतिशतविन्दु नै रहेको छ। २० वाणिज्य बैंकहरुमध्ये १८ वाणिज्य बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा औषत ब्याजदर स्थिर रहन पुगेको हो।



ग्लोबल आइएमई बैंकले मुद्दति निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएको छ भने लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशत विन्दुले नै घटाएको छ । बाँकी १८ बैंकको ब्याजदर माघ महिनाकै यथावत छ ।