पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाएको हो । अब पेट्रोल प्रति लिटर १६७ रुपैयाँ र डिजेल प्रति लिटर १५७ रुपैयाँ कायम भएको छ। । हवाइ इन्धन र एलपी ग्यासको भाउ भने यथावत् राखिएको छ ।