वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। अधिकांश वाणिज्य बैंकहरुले असार महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर असार महिनाका लागि ६.८६ प्रतिशत कायम भएको छ । जेठमा औसत ब्याजदर ७ प्रतिशत रहेको छ । औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.१४ विन्दुले घटको छ ।
हालसम्म असारका लागि ब्याजदर सार्वजनिक गर्ने १९ बैंक मध्ये ११ बैंकको ब्याजदर घटेको छ । जेठ महिनाको तुलनामा असारमा ३ बैंकहरुले भने ब्याजदर बढाएका छन्।
१ असार २०८१, शुक्रबार ११:१३ मा प्रकाशित