ग्लोबल आइएमई बैंकको थप दुई शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको सुरूवात गरेको छ । 

बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाँउपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

३५४ शाखा कार्यालय, ३७९ एटिएम, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेको ग्लोबल आइएमई  बैंकको यी दुई नयाँ शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालनसगैं शाखा रहित बैंकिङ्ग सेवाको संख्या २७७ पुगेको छ ।