काठमाडौं ।
नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंक, वित्तिय संस्थाको विदाको सूची सार्वजनिक गरेको छ ।
२०८१ सालमा हुने सार्वजनिक विदाको सूची नेपाल सरकारले सार्वजनिक गरेपछि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको लागि बैंक विदाको सूची सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले कार्यालय समय पनि तोकेको छ। जस अनुसार २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेदेखि कार्यालय समय कायम हुने छ।
त्यस्तै २०८० कार्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ वजेसम्म कार्यालय समय कायम गरिएको छ । प्रत्येक शुक्रवार विहान १० बजेदेखि अपरान्ह १ ३० वजेसम्म कार्यालय समय कायम गरिएको छ ।
बैंकिङ कारोबार समय भने २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कायम गरिएको छ। २०८० कार्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म बैंकिङ कारोबार समय विहान १० बजेसम्म अपरान्ह ३ बजेसम्म कायम गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार