हिमालयन रिइन्स्योरेन्स (HRL) को लाभांश सुरक्षित गर्ने आज (जेठ ८ गते, बिहीबार) अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार अर्थात जेठ ११ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
हिमालयन रिइन्स्योरेन्स ले जेठ २५ गते, आइतबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा चौथो वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
९ जेठ २०८२, बिहिबार ०९:२९ मा प्रकाशित