बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । 

आज शेयर बजार नेप्से परिसूचक ९. ३४ को विन्दुमा कायम भएको छ ।  यो दिन ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता शेयर १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रुपैयाँमा किनेबेच भएका छन्। 

यी मध्ये आज १४३ कम्पनीको शेयर मुल्य बढेको छ भने ८९ कम्पनीको शेयर मुल्य घटेको छ । 

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने  सबैभन्दा धेरै चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

आज बोटलर्स नेपाल बालाजू र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने ५ प्रतिशतका दरले गुमाएका हुन् ।

 त्यस्तै,सामलिङ पावर कम्पनीका लगानीकर्ताले ९ दशलमव २६ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल तराईका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।