हिमाल दोलखा हाइड्रोपावरले चैत २९ गते बोलायो साधारण सभा

काठमाडौं ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको  १५औं र १६औं वार्षिक साधारण सभा चैत २९ गते बोलाएको।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव भने गरेको छैन । सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्नुका साथै चाल आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १८ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । सभा काठमाडौँको सुकेधारास्थित सेलिब्रेसन हाइटमा बस्ने भएको छ  ।