काठमाडौं ।
नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल चेम्बर एक्स्पो २०२४ आजदेखि सुरु भएको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सुरु भएको चेम्बर एक्स्पोको उद्घाटन नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गरेका छन् ।
सो एक्स्पो क्रममा श्रममन्त्री अर्यालले मुलुकमा रोजगारी सिर्जना निजी क्षेत्रले नै गर्नुपर्ने बताएका छन् । उनले मुलुकको वर्तमान अर्थतन्त्र निजी क्षेत्रले नै चलायमान बनाउनुपर्ने बताए ।
निजी क्षेत्रलाई सरकारको सहयोग र साथ रहने बताउँदै उनले चेम्बरले विदेशमा व्यापारको लागि बनाएको आपसी सम्बन्ध मुलुकको हितमा रहेको उनको भनार्इ छ । मन्त्री अर्यालले अर्थतन्त्र सिथिल अवस्थामा रहेको बताए । साथै मुलुकको आन्तरिक उत्पादनले विदेशमा बजारमा निर्यात गर्न आवश्यक रहेको औल्याँदै उनले चेम्बरले गरेको यस्ता मेलाले नेपाली उत्पादनमा लाग्ने युवा उद्यमीहरुको लागि संयोग र अध्ययन गर्ने अवसर दिने बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार