पिपुल्स हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं ।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा चैत ३० गते बोलाएको छ । 

सभाले हाल कायम चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट पाँच जना सञ्चालक चयन गर्ने काम पनि सभाले गर्नेछ । त्यसैगरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रम तोक्नेलगायतका प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत १५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।