काठमाडौं ।
आईपीओ निष्काशनको प्रस्ताव सहित क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आज चैत ५ गते प्रथम वार्षिक साधारण सभा गर्ने भएको छ ।
कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभाले आईपीओ निष्काशन तथा सोसम्बनधी सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
सभाले वार्षिक प्रतिवेदन सहित गत आवको नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । त्यस्तै, स्वतन्त्र संचालकको नियुक्ती गर्ने, संचालक समितिका पदाधिकारीहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्ने, सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
सभाले पारित गरेका प्रस्तावको कारण प्रबन्धपत्र तथा नियमावलीमा संसोधन आवश्यक भएमा संसोधन गर्न तथा नियमनकारी निकायबाट कुनै थप संशोधन, फेरबदल गर्न वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोमिज गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने, सर्वसाधारणको लागि साधारण शेयर निष्काशन पश्चात प्राप्त पूँजीको उपयोग गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार