सुन तस्करी प्रकरण:सीआईबी प्रमुख बज्राचार्य सहित १२ जनालाई कारबाही सिफारिस

काठमाडौं । 

सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले १२ जनालाई कारबाही सिफारिस गरेको छ। 

मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यलाई समेत कारबाहीको सिफारिस गरेको हो ।

यस्तै,सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ । सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्तिलाई ब्यूरोमा उपस्थित गराएर समेत छाडेको आरोप उनीहरुलाई छ ।

पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा असोजमा गठन भएको आयोगले पाँच महिनापछि बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएको थियो।