अरुण भ्याली हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । 

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड फागुन १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो।

आज कार्यालय समयसम्म आवेदन दिने समय रहेकोमा हालसम्म कुल आवेदनको ६५.९३ प्रतिशत मात्रै आवेदन परेको छ ।

कम्पनीले चुक्तापुँजीको शतप्रतिशत अर्थात १:१ अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १ अर्ब ८६ करोड रुपैयाँ ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

निष्कासित १ करोड १० लाख कित्ता मध्ये हालसम्म ३० हजार आठ सय ६७ जनाले एक करोड २३ लाख १६ हजार ५ सय ४१ कित्ताका लागि आवेदन दिएका छन् ।