आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको प्रधानमन्त्री दाहालको दाबी

काठमाडौं । 

आर्थिक सूचंकहरु सबल बन्दै गएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्ट पारेका छन् । आफूहरुको अनवरत प्रयासका कारण उक्त सूचांकहरु सही मार्गमा अघि बढ्न थालेको उनले दाबी गरेका हुन् ।

आजै विश्वासको मत लिन पुगेका प्रधानमन्त्री दाहालले प्रतिनिधिसमा बोल्दै चालु आर्थिक बर्षको सात महिनाको अवधिमा शोधान्तर बचत दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैया रहेको बताए ।

विदेशी विनिमय सञ्चिति १८ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको बताउँदै उनले सो वृद्धि १९ दशमलव ९ प्रतिशतले बढी रहेको पनि बताए ।