कामना सेवा विकास बैंकको ३ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा

काठमाडौं ।

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको छ ।

बैंकले  तीन लाख ९ हजार ८९२ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको हो । 

बैंकले न्यूनतम मूल्य १०५ रुपैयाँमा विद्यमान संस्थापक शेयरधनी, योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । यसमा खरिदकर्ताले न्यूनतम सबै कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ ।