काठमाडौं ।
युनाईटेड इदी मर्दी कम्पनीले यसपटक शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले शेयरधनीलाई गत वर्षको नाफाबाट प्रस्तावित ५.५० प्रतिशत बोनस शेयर र ०.२८९ नगद लाभांश (कर प्रयोजनार्थ) कुल ५.७८९ लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
कम्पनीले लाभांश पारित गर्न बिहीबार फागुन १७ गते वार्षिक साधारण राखेको छ। सभा, पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ। कम्पनीका अनुसार आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि उक्त लाभांश वितरण हुनेछ।
यसअघि आर्थिक वर्ष २०७८–७९ को नाफाबाट यसले १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो। साधारण सभा प्रयोजनका लागि यस कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको भएकाले फागुन ३ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।
१६ फाल्गुण २०८०, बुधबार ११:०६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार