नवनियुक्त गभर्नर डा. विश्व पौडेलले सपथ ग्रहणपछि केन्द्रीय बैंक पुगेर गरे पदवहाली

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले सपथ ग्रहण गरेका छन् । म‌ंगलबार मन्त्रिपरिषद् बैठकले पौडेललाई केन्द्रीय बैंकको गभर्नर नियुक्त गरेको हो ।


प्रधानन्यायधीशसँग सपथ ग्रहण गरेपछि कार्यभार सम्हाल्नका लागि उनी केन्द्रीय बैंक पुगेका हुन् । उनलाई राष्ट्र बैंकका कर्मचारीहरुले भव्य स्वागत गरे । उनले भर्खरै पदवाली गरेका छन् ।