काठमाडौं ।
अध्यक्ष बिहिन अवस्थामा चलेको नेपाल धितोपत्र बोर्डले अध्यक्ष पदमा नियुक्तीको लागि दरखास्त आवेदन माग गरेको छ। धितोपत्र बोर्डले बुधबार एक सूचना जारी गरी अध्यक्ष पदको पूर्तिका लागि ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’को दफा ७ बमोजिम सिफारिस गर्ने प्रयोजनको लागि गठित समितिले खुल्ला प्रतियोगिताद्वारा दरखास्त आह्वान गरेको हो ।
अध्यक्ष चयनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव कृष्णहरि पुष्कर र उदय निरौला सदस्यीय रहेको छनौट समिति छ ।समितिले तयार पारेको कार्यविधी अनुसार बोर्ड अध्यक्ष बन्नका लागि धितोपत्र सम्बद्ध विभिन्न क्षेत्रमा कम्तीमा सात वर्षको पेसागत अनुभव र स्नातकोत्तर उतिर्ण भएको हुनुपर्ने छ । वाणिज्य, कानुन, धितोपत्र बजार र व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय क्षेत्रमा अनुभव हुनेले आवेदन दिन सक्नेछन् ।
आवश्यक योग्यता तथा अनुभव भएका इच्छुक नागरिकले कागजातसहित सूचना प्रकाशित मिति (फागुन १६ गते) ले १५ दिनभित्र अर्थात् फागुन ३० गतेसम्म अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा आवेदन दिनु निर्देशन गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार