स्वास्थ्य बीमा बोर्डमा ६ जनालाई जागिरको अवसर

काठमाडौं ।

स्वास्थ्य बीमा बोर्डमा सूचना प्रविधि ६ जनालाई जागिर सहायक पदमा जागिर खुलेको छ।

बीमा बोर्डले आज एक सूचना जारी गर्दै करारमा कर्मचारी पदपूर्ति गर्न सूचना प्रविधि सहायक पदमा ६ जनाका लागि दरखास्त आह्वान गरेको हो।

पाँचौँ तहको यो पदमा दरखास्त दिन मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट सूचना प्रविधिसम्बन्धी विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

दरखास्त दिने अन्तिम मितिसम्मा इच्छुक उम्मेदवारको उमेर १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्नेछ। यो पदमा दरखास्त दिन ४०० रुपैयाँ दस्तुर लाग्नेछ।

दरखास्त बुझाउने अन्तिम मिति चैत १ गतेसम्म रहेको छ।