दुई हाइड्रो कम्पनीलाई विद्युत नियमन आयोगले दियो हकप्रद निष्कासनको स्वीकृति

काठमाडौं । 

विद्युत नियमन आयोगले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई हकप्रद शेयर निष्कासनको स्वीकृति दिएको छ ।

राप्ती हाइड्रोले हालको चुक्तापुँजीको शतप्रतिशतले हुन आउने हकप्रद शेयर निष्कासनका लागि आयोगसँग स्वीकृति माग गरेको थियो ।

कम्पनीको हालको चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ रहेकोमा हकप्रद निष्कासन पछि चुक्तापुँजी एक अर्ब २२ करोड ५५ लाख ८७ हजार ६ सय रुपैयाँ पुग्नेछ ।

त्यस्तै,हालको चुक्तापुँजीको शतप्रतिशतले हुन आउने हकप्रद शेयर निष्कासनका लागि दोर्दी खोलालाई विद्युत नियमन आयोगले स्वीकृति दिएको हो ।  

कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ रहेकोमा हकप्रद निष्कासन पछि चुक्तापुँजी दुई अर्ब १० करोड ८५ लाख २० हजार ८ सय रुपैयाँ पुग्नेछ ।