पिपुल्स पावरले पायो हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं । 

विद्युत नियमन आयोगले पिपुल्स पावर लिमिटेडलाई हकप्रद शेयर निष्कासनको स्वीकृति दिएको छ । 

कम्पनीले हालको चुक्तापुँजीको १:०.५ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि आयोगसँग स्वीकृति माग गरेको थियो । 

कम्पनीको हालको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेकोमा हकप्रद शेयर निष्कासन पछि चुक्तापुँजी एक अर्ब २६ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।

पिपल्स हाइड्रो ४.९६ मेगावाटको पुवा (२ जलविद्युत आयोजनाको प्रबर्द्धक कम्पनी हो ।