काठमाडौं ।
राजनितिक उतारचढावका बिच धितोपत्र बजार नेप्से परिसुचकमा साताको दोस्रो कारोबारका दिन तेस्रोपटक सर्किट लागेर आजका लागि कारोबार बन्द भएको छ ।
बजार खुलेको ३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेर २०३९.६० बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो र २० मिनेटपछि बजार खुलेको १ मिनेटमै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो ।
त्यसपछि ४० मिनेट बन्द भएर कारोबार खुलेको पुनः १ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६ प्रतिशतले बढेर तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार बन्द भएको हो।
शेयरबजारमा एक घण्टाअघि ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।
२१ फाल्गुण २०८०, सोमबार १२:२३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार