२० हजार घुससहित नेपाल प्रहरीका असई र वरिष्ठ हवल्दार पक्राउ

काठमाडौं । 

नेपाल प्रहरीका दुई कर्मचारी नगद २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका(१२ स्थित कान्तिबजार प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवलदार मञ्जितकुमार झा पक्राउ परेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले उनीहरुलाई घुस रकमसहित पक्राउ गरेको हो।

स्थानीय एक सेवाग्राहीबाट जग्गा सम्बन्धी विवादमा अदालतको आदेश कार्यान्वयन गराउन २० हजार रुपैयाँ घुस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ ।