प्रतितोला ६ सय बढ्यो सुनको मूल्य ,चाँदी पनि महंगियो

काठमाडौं । 

शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । 

आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला प्रतितोला १ हजार ३ सय ९० सय रुपियाँमा कारोबार भइरहेको छ ।