को बन्दैछ नयाँ अर्थमन्त्री ?

काठमाडौं ।

सत्ता गठबन्धन भत्किएसँगै नयाँ गठबन्धन बन्ने भएपछि अर्थमन्त्री को भन्ने चर्चा आर्थिक क्षेत्रमा सुरु भएको छ । गत पुस १० गते बनेको गठबन्धन भत्किएपछिर अर्थमन्त्रीमा विष्णु पौडेल, स्वर्णिम वाग्ले, वर्षमान पुनको नाम अहिले चर्चामा छ । 

एमाले, माओवादी, रास्वपा र जसपासहितको नयाँ गठबन्धनमा नयाँ अर्थमन्त्री को बन्छ अहिले नै एकिन भइसकेको छैन ।  तर पछिल्लो घटनाक्रम अनुसार अर्थमन्त्रीमा  वर्षमान पुन बन्ने लगभग निश्चित भएको छ । भागबण्डा गर्दा माओवादीको भागमा अर्थमन्त्रालय परेको अवस्थामा वर्षमान पुन अर्थमन्त्री बन्ने देखिन्छ । त्यस्तै, भागबण्डामा रास्वपाको भागमा अर्थमन्त्री परेमा स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने छन् र एमालेको भागमा अर्थमन्त्री परेमा विष्णु पौडेल बन्ने निश्चित छ । सत्ता गठबन्धन भागबण्डाको अन्तिम छिनोफानो बाँकी रहे पनि विष्णु पौडेल, पदम गिरी, वर्षमान पुन वा स्वर्णिम वाग्ले मध्ये एक जना अर्थमन्त्री बन्नेछन् । 

तर, नेपालमा अर्थमन्त्रीको दक्षताले भन्दा पनि पार्टीको नीतिअनुसार काम गर्नुपर्ने बाध्यात्मक स्थिति भएका कारण अर्थमन्त्रीहरुले जनताको चाहनाअनुरुप काम गर्न सकेका भने छैनन् ।