नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार आजबाट

काठमाडौं । 

नेरुडे र मिर्मिरे लघुवित्तले आजबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुवै संस्था एक आपसमा मर्ज भएपछि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सुरु भएको हो।

दुवै कम्पनीले १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् । एकीकृत कारोबार गर्न दुवै कम्पनीलाई नेपाल राष्ट्र बैंकले फागुन  २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिएका थियो ।

यस्तै, धितोपत्र बोर्डले पनि मर्जरका लागि स्वीकृति दिइसकेको छ ।