तोलामा १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं ।

हालसम्मकै उच्च मूल्यमा पुगेर स्थिर रहेको सुनको मूल्य, आज भने घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन तोलामा १ हजार रुपैयाँले  घटेर प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। 

आज तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यसँगै यस दिन चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी  आज २० रुपैयाँ घटेर १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको  छ।