शत प्रतिशत हकप्रद जारी गर्न खानीखोला हाइड्रोपावरले माग्यो बोर्डसँग अनुमति

काठमाडौं ।

खानीखोला हाइड्रोपावरले शत प्रतिशत हकप्रद जारी गर्न धितोपत्रबोर्डसँग अनुमति मागेको छ   ।  कम्पनीले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

 कम्पनीले शत प्रतिशत हकप्रद  जारीपछि यस कम्पनीको पुँजी ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ ।

यस कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम बैंकको ऋण तिर्नका लागि प्रयोग गर्ने जनाएको छ। हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ।