शिखर इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा,बुक क्लोज कहिले ?

काठमाडौं । 

शिखर इन्स्योरेन्स कम्पनीले १९ औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको बुधबार (फागुन १६ गते) बसेको बैठकले आउँदो चैत ९ गते कम्पनीको वार्षिक साधारणसभा बोलाएको हो । 

सभा काठमाडौंको थापथलीस्थि कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ। उक्त आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणहरु पनि सभाले अनुमोदन गर्नेछ।