काठमाडौं ।
नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपियाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
केन्द्रीय बैंकले २८ दिनका लागि ५ अर्ब रुपियाँ १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपियाँ र एक वर्षका लागि ९ अर्ब रुपियाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार