सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । 

बुधबार सुनचाँदीको मूल्यमा गिरावट भएको छ । आज सुन तोलामा १ सय रुपैयाले घट्दा चाँदी ५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख १८ हजार २ सय रुपैयाँ पुगेको छ । आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलमा ५ रुपैयाँले घट्दै चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।