काठमाडौं ।
सरकारले विकास ऋणपत्रमार्फत ८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।
केन्द्रीय बैंकले आज एक सुचना जारी गर्दै आगामी ८ वर्षका लागि विकास ऋणपत्रमार्फत ८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने जानकारी दिएको हो ।
बैंकले विकास ऋणपत्र २०८८ ‘झ’ मार्फत आन्तरिक ऋण उठाउने छ ।बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था अथवा नेपाली नागरिकले फागुन २९ गते दिउँसो ३ बजेसम्म खरिद गर्न सक्ने बैंकले जनाएको छ । ऋणपत्रको बोलकबोल सोही दिन हुने बैंकले जनाएको छ ।
इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी दुवै समूहमा भाग लिन सक्नेछन् भने बैंकका अनुसार प्रतिस्पर्धी प्रणालीमा कूल ऋणपत्र निष्काशनको ८५ प्रतिशत अर्थात ६ अर्ब ८० करोड रुपैयाँ छुट्टाइएको छ र अप्रतिस्पर्धी बोलकबोलमा १५ प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ छुट्टाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार