सुनको मूल्य स्थिर,चाँदीको मूल्य १० रुपियाँले महंगियो

काठमाडौं । 

मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य प्रतितोला १० रुपियाँ बढेको छ ।

नेपाल सनुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार र तेजावी सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ४ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।