एसियन लाइफ इन्सुरेन्सले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ ।
इन्स्योरेन्सले १ः०.४२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले एक करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर जारि गर्ने भएको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि जेठ १६ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, जेठ १५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र यस कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन् ।
८ जेठ २०८२, बुधबार १२:२१ मा प्रकाशित