मिटरब्याज पीडितहरुको सम्बन्धमा सरकार गम्भीर रहेको प्रवक्ता रेखा शर्माको भनाई

काठमाडौं। 

सरकारका प्रवक्ता रेखा शर्माले मिटरब्याज पीडितहरुको सम्बन्धमा सरकार गम्भीर रहेको भन्दै जिल्ला प्रशासन मार्फत समस्याको समाधान हुने बताएकी छन्। 

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न  सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मंगलबार यस्तो बताएकी हुन् ।  उनले काठमाडौं आएर दुःख पाउनुभन्दा सम्बन्धित ठाउमा गएर समाधान खोज्न मिटरब्याज पीडितहरुलाई सुझाव दिएकी छन्।

शक्तिशाली आयोग बनाएर मिटरब्याज समस्या सम्बोधन गर्ने प्रयास पूर्णरुपमा सफल नभएपनि बाँकी समस्या सरकारको पहलमा नै समाधान गर्ने उनको भनाइ छ।