सामुदायिक र बिपिडब्लु लघुवित्तको शेयर कारोबार भोलिदेखि रोक्का

काठमाडौं । 

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार भोलिदेखि रोक्का हुने भएको छ ।

मर्जर पछिको प्रक्रियाका लागि यी दुई लघुवित्तको  शेयर कारोबार भोलिदेखि रोक्का हुने भएको हो ।

दुई लघुवित्तबीच एक आपसमा गाभ्ने र गाभिने कार्य सम्पन्न भई फागुन १४ गते देखि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भइसकेको छ । 

अब १५ दिनसम्म ती कम्पनीको शेयर कारोबार हुनेछैन । बिपिडब्लुको १०० कित्ता बराबर सामुदायिक लघुवित्तको ८५.३५ कित्ता कायम हुनेगरी मर्जरको स्वाप रेसियो कायम गरिएको छ ।