काठमाडौं ।
नेपाल फाइनान्सले १ लाख ४० हजार ९६३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनी निरज श्रेष्ठको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित प्रतिकित्ता मूल्यसमेत तोकी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
आवेदन कम्पनीको शेयर रजिस्ट्रार, प्रभु क्यापिटल वा कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने पनि कम्पनीले बताएको छ ।
६ चैत २०८०, मङ्गलबार ११:०८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार