काठमाडौं ।
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति मागेको छ ।
कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो।
दोर्दी खोलाको हाल चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद पछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्ने जनाएको छ ।
१७ फाल्गुण २०८०, बिहिबार १२:३४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार