जाल्पा सामुदायिक र किसान लघुवित्तले बोलायो साधारणसभा, एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरिने

काठमाडौं ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाले मर्जर प्रस्ताव पारित सहित एकै दिन साधारणसभा बोलाएका छन्। 

यी दुबै कम्पनीले चैत ९ गते सभा बोलाएका हुन्।

जाल्पा लघुवित्तले आफ्नो पाँचौ वार्षिक साधारणसभा द एसआर होटल, तिलोत्तमा नगरपालिका १ ड्राइभरटोल, रुपन्देहीमा बिहान ९ बजे बोलाएको छ भने 

किसान लघुवित्तले पनि आफ्नो पाँचौ वार्षिक साधारण सभा ताज प्यालेस, स्पेशियल चोक, गल्फुटार, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ।

यी दुवै कम्पनीको सभाले एक आपसमा १ बराबर ०.८८३४ शेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछन। 

दुवैको साधारण सभामा भविष्यमा अन्य कुनै उपयुक्त लघुवित्तलाई मर्ज वा एक्वायर गर्ने सम्बन्धि आवश्यक कार्य गर्न प्रस्ताव रहेको छ। त्यस बाहेक प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा भएको मनोनयनलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित पनि सभामा रहेका छन्। 

साधारण सभा प्रयोजनार्थ जाल्पा सामुदायिक लघुवित्तले फागुन २४ गते बुकक्लोज गर्ने भएको छ भने किसान लघुवित्तले चैत १ गते बुकक्लोज गर्ने तय गरेको छ।