काठमाडौं ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले लगानी सम्मेलनमा व्यवस्थित सहरीकरणका आयोजनामा विदेशी लगानी आउने गरी योजना बनाउनु पर्ने बताएका छन्।
नेपालमा लगानी सम्मेलनको तयारी बढिरहेको समयमा सरकारले व्यवस्थित शहर बनाउन विदशी लगानी आउने वातावरण ऐनमार्फत नै बनाउन जरुरी रहेको बताएका हुन् ।
अध्यक्ष लोहनीले नेपालमा हदबन्दीको समस्या जटिल रहेको उल्लेख गर्दै व्यवस्थित शहरीकरणको लागि हदबन्दी छुट दिने व्यवस्था तत्काल गर्नुपर्नेमा बताएका छन् । उनले विदेशीहरूलाई नेपालमा अपार्टमेण्ट खरिद गर्ने व्यवस्थाबारे नेपाल सरकारको प्रतिबद्धता छिटो पूरा गर्न आग्रह गरे ।
१८ फाल्गुण २०८०, शुक्रबार ०१:४८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार