महिला लघुवित्तको साधारणसभा सम्पन्न

काठमाडौं । 

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको छैटौं सभा आइतवार धुलिखेलमा सम्पन्न भएको हो । 

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष तारा कुँवरद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गरेको छ ।

त्यसैगरी सभाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०७३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गरेको हो ।