सुर्योदय वोमी लघुवित्तको अन्तरक्रिया कार्यक्रम तथा अर्ध वार्षिक समिक्षा सम्पन्न

काठमाडौं ।

सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको  आर्थिक वर्ष २०८०/८१ को अर्ध वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सुदुरपचिम तथा लुम्बिनी प्रदेशको बर्दिया जिल्ल्लाका शाखा प्रमुखहरुसँगको कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रशाद पंगेनी को अध्यक्षता कैलालीमा सम्पन्न भएको हो । 

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पंगेनीले हालको परिस्थिति,कार्यक्रमको अवस्था लगायत का विषयहरुमा छलफल गर्दै कार्यक्रमको गुणस्थर,वित्तिय साक्षरता,सदस्य उत्पादन मुखी तालिम संगै सदस्यहरुको जीवन स्थर उकास्नका लागी सदस्य मैत्री तालिमहरुको व्यवस्था गरि कार्यक्रम गर्ने सल्लाह सुझाब दिएका थिए ।