नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचिकृत

काठमाडौं ।  

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

हिमालयन एभरेष्ट इन्सुरेन्स, जीवन विकास लघुवित्त र युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

हिमालयन एभरेष्टको १९ लाख ८६ हजार २२४ कित्ता बोनस शेयर सूचीकृत भएको छ। यसले सेयर धनीलाई गत वर्षको नाफाबाट वितरण गरेको ८.६३ प्रतिशत बोनस शेयर सूचीकरण गरिएको हो। जीवन विकास लघुवित्तको १६ लाख ५४ हजार ८४७ कित्ता बोनस शेयर सूचीकरण गरिएको नेप्सेको जानकारी छ ।यसले वितरण गरेको १४ प्रतिशत बोनस शेयर सूचीकरण गरिएको हो ।